जनवरी ४ मा एकसाथ लन्डनमा गुन्जिँदै ‘कन्दरा’ र स्वप्न सुमन

२०८१ पुष १६ गते मंगलवार
सारांश
  • आयोजकका अनुसार विश्वप्रख्यात द ओटुमा अवस्थित इन्डिगोमा युवा पुस्ताहरुमाझ प्रख्यात गायक स्वप्न सुमन आफ्नो ब्याण्ड द आस्टर्सका साथमा प्रस्तुति दिनेछन् ।

काठमाडौँ  नेपालको स्थापित सांगीतिक ब्यान्ड ‘कन्दरा’ले आउँदो ४ जनवरीमा लन्डन ओटुमा दिने सांगीतिक प्रस्तुतीको तयारी अन्तिम चरणमा पुगेको छ ।


कार्यक्रका लागि कन्दरासँगै गायक स्वप्न सुमनले पनि सांगीतिक प्रस्तुति दिँदै छन् । कन्दराले आफ्नो सांगीतिक यात्राको ३२ औं वर्षगाँठ विश्व प्रतिष्ठित कन्सर्ट भेन्यु लन्डन ओटुमा उत्सवका भब्य कार्यक्रम गर्न लागेको आयोजक मामाघर इन्टरटेनमेन्टले जनाएको छ । 


आयोजकका अनुसार विश्वप्रख्यात द ओटुमा अवस्थित इन्डिगोमा युवा पुस्ताहरुमाझ प्रख्यात गायक स्वप्न सुमन आफ्नो ब्याण्ड द आस्टर्सका साथमा प्रस्तुति दिनेछन् ।
कार्यक्रममा स्वप्न सुमन र उनको ब्याण्डले नढाक न मुहार शृंगारले, बाचा भयो, जे छौ तिमी लगायतका गीतहरु प्रस्तुत गर्नेछन् । पहिला घरदेखि अनि परदेशको नारासहित विश्व भ्रमणमा निस्केको कन्दराका तिमी पारी, चन्चले कान्छी, लेककी हे माया, हङकङ पोखरा, तगारोमा रूमाल जस्ता गीत प्रस्तुत हुनेछन्। कन्दराले आत्मसात गरेको लोक पप धुनहरू आजपर्यान्त लाखौं शुभचिन्तक र दर्शक रोजाइमा छन् । 


आयोजकले नेपाली संगीत धरोहरको रूपमा रहेको कन्दरा ब्याण्डको यस ऐतिहासिक साँझको हिस्सा बनि नेपाली गीत संगीत प्रवर्धनमा सरिक बन्न अनुरोध गरेको छ । जसका लागि अनलाइन मार्फत पनि कार्यक्रमको टिकट उपलब्ध हुने आयोजकले जनाएको छ । कन्दराले हालसालै काठमाडौंमा ऐतिहासिक कन्सर्ट गरेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार